मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पाएको विश्वासको मतविरुद्ध गण्डकी प्रदेश काँग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले सर्वोच्चमा रिट दर्ता गराउनु भएको छ ।

पूर्व मुख्यमन्त्री समेत रहनु भएका  पाण्डेले वारेस मार्फत  सर्वोच्च अदालतमा आज रिट दर्ता गराउनु भएको हो ।

पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको बहुमत नपुगेको अवस्थामा सभामुख कृष्णप्रसाद धिताले विश्वासको मत पाएको घोषणा संवैधानिक र कानुनको विपरित  मात्र नभइ सर्वमान्य गणितको सिद्धान्त विपरित समेत रहेको भन्दै उत्प्रेषणको आदेशबाट बदरको माग गर्नु भएको छ ।

रिट निवेदनमा पाण्डेले  संविधानको धारा धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएको र यस्तो अवस्थमा संविधानत् प्रदेशसभाको ठूलो दलको नेताका रुपमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न समेत परमादेश माग गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.