रफाहमा कारवाही नरोके हतियार आपूर्ति बन्द गर्ने अमेरिकी राष्ट्रपतिको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजाको रफाह शहरमा ठूलो मात्रामा स्थल कारवाही शुरु गरेमा अमेरिकाले हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिनुभएको छ ।

राष्ट्रपति बाइडनले सिएनएनसँगको अन्तरवार्ताका क्रममा रफाहमा जारी आक्रमण नरोके हाल प्रयोग भइरहेका र सम्झौता भएका हतियारको आपूर्ति रोकिने चेतावनी दिनुभएको हो ।

अमेरिकाकी विरोधका बाबजुद पनि इजरायलले रफाहमा सैन्य कारवाही जारी राख्‍नुका साथै मानवीय सहायताका लागि नाका नै बन्द गरेपछि अमेरिकाले आफ्नो दवाब बढाएको हो । दक्षिणी गाजाको भीडभाड भएको सो क्षेत्र हमासको अन्तिम प्रमुख गढ हो ।

इजरायलले गाजामा गरेको सैन्य कारवाहीका क्रममा अन्य क्षेत्रबाट आएर बसेका शरणार्थीको संख्याले रफाहमा भीडभाड बढेको हो । यस्तो ठाउँमा सैन्य कारवाही गर्दा ठूलो संख्यामा नागरिक हताहत हुनेभन्दै अमेरिका लगायतका मुलुकले इजरायललाई दवाब दिइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.