संसदीय छानबिन समिति गठन गर्न प्रमुख प्रतिपक्षको माग

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारीको रकम अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा दलका तर्फबाट धारणा राख्दै नेता सिटौलाले उक्त समिति गठन नभए सदनका बैठक सञ्चालनमा सहजता नआउने स्पष्ट गर्नुभयो । “संसदमा पटक–पटक संसदीय छानबिन समिति गठन गरौँ भनेर कुरा उठाउदै आएका छौँ”, उहाँले भन्नुभयो, “जहाँनिर शक्ति छ त्यहाँ छानबिन बन्द छ । गृहमन्त्रीको राजीनामा मागिएको छैन । कुरा उठेपछि वास्तविकता थाहा हुनुपर्छ ।”
उहाँले आफ्नो पार्टीको संसदीय दलको निर्णय पनि गृहमन्त्रीमाथिको छानबिन समिति बनाउनुपर्छ भन्ने रहेको बताउँदै समिति गठन नभए संसद् बैठक अघि बढ्न नसक्ने बताउनुभयो । “सरकारले छिट्टै सहमतिका आधारमा छानबिन समिति बनाउँछ भन्नेमा हामीलाई विश्वास छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.