चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सेवा प्रभावित

बैतडी- विगत नौ महिनादेखि अतिरित्त सेवा र विदाको दिन सेवा गरेवापतको रकम भुक्तानी नगरेको
भन्दै बैतडी अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । जसका कारण अस्पतालको
सेवा प्रभावित बनेको छ ।

आइतबारबाट बैतडी अस्पतालका चिकित्सक तथा कर्मचारीहरु आकस्मिक बाहेकका सेवा बन्द गर्दै
आन्दोलनमा उत्रिएका हुन् ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दासमेत चासो नदेखाएकाले दबाव स्वरुप आन्दोलनमा उत्रिनुपरेको जिल्ला अस्पताल बैतडीका चिकित्सक हरीषचन्द्र विष्टले बताउनुभयो ।

मन्त्रालयले आफुहरुको श्रम शोषण गरेको आरोप चिकित्सकहरुको छ । आफुहरु विरामीको सेवामा अहोरात्र खटिँदासमेत मन्त्रालयले आफुहरुको रकम भुक्तानी नगरेको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

कमिशन मिल्ने उपकरण खरिदमा मन्त्रालय अग्रसर देखिएपनि डाक्टरहरुले काम गरेको रकम भुक्तानीमा मन्त्रालय उदासिन देखिएको आरोप चिकित्सकहरुले लगाएका छन ।

डाक्टर बाहेक जिल्ला अस्पतालका अन्य कर्मचारीहरुले समेत अतिरिक्त सेवा वापतको रकम पाउन नसकेको जिल्ला अस्पताल बैतडीका डाक्टर धिरज जैसवाल बताउनुहुन्छ ।

अस्पतालको सेवा प्रभावित हुने भएपछि यहाँका विरामी तथा सेवाग्राहीहरुलाई समेत समस्या
भएको छ ।

डाक्टर तथा अस्पतालका कर्मचारीहरुको टोलीले जिल्ला प्रशासन कार्यालयको समेत
ध्यानाकर्षण गराएका छन् ।

जिल्ला अस्पतालका अख्तियार प्राप्त मेसु र अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोही समस्या समाधानका लागि मन्त्रालयमा धाइरहेका छन् तर मन्त्रालय भने बैतडी अस्पतालको समस्यालाई नजरअन्दाज गर्दै बसेको आरोप व्यवस्थापन समितिको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.