पृथ्वी राजमार्गमा वर्षा सुरु भएसँगै यात्रा कष्टप्रद बन्दै (फोटो फिचर)

धादिङ- स्तरोन्नति सहित निर्माणधीन अवस्थामा रहेको पृथ्वी राजमार्गमा वर्षा सुरुभएसँगै यात्रा निकै कष्टप्रद बन्दै जान थालेको छ । सामान्य पानि पर्दा समेत राजमार्गमा हुने गरेको हिलोका कारण सवारीका साधनहरु घण्टौ जाममा बस्नुपर्ने बाध्यात्मक अबस्था रहेको छ ।

जताततै खनेर सडक त्यतिकै छाडिदिंदा यस्तो अवस्था आएको हो । जस्ले गर्दा पृथ्वी राजमार्ग भएर संघीय राजधानी काठमाण्डौ प्रवेशका लागी आएका र राजधानीबाट बाहिरिने सयौं सवारीका हजारौ यात्रुले दैनिक सास्ती खेप्नु परेको छ ।

सडक निर्माणका क्रममा भएको ढिलासुस्तीले गर्दा पृथ्वी राजमार्ग हुँदै आवत जावत गर्ने यात्रुहरुले पैसा र समय दुबै अवाश्यक भन्दा धेरै खर्चिन बाध्य छन् । यसो त राजमार्ग आसपासमा बसोवास गर्नेहरु पनि सडक निर्माण कम्पनीहरुले काम गरेको देख्दा अचम्ममा पर्ने गरेका छन् ।

खनेर छाडिदिएको सडक निकै लामो समयसम्म पनि जस्ताको त्यस्तै छाडिदिंदा दुर्घटनाको जेखिम समेत बढेको भन्दै जतिसक्दो चाँडो सडक व्यवस्थित गरिदिनुपर्ने माग गरेका छन् ।

चिप्लो र खाल्टाखुल्टी सडकका कारण थप समस्या आएको हो । पानि परे पछि त झन् धादिङदेखि राजधानीसम्मको यात्रा गर्न पनि दिनभरी नै लाग्ने गरेको यात्रुहरुको भनाई छ ।

सामान्यतय धादिङको सदरमुकामदेखि राजधानी काठमाण्डौसम्म पुग्न तीन घण्टा समय खर्चनु पर्नेमा आजकाल सडकको कारण हुने सवारी जामले गर्दा यात्रा दिनभरी जसो नै लाग्ने गरेको हो ।

विशेष गरी धादिङ खण्डमा पर्ने गजुरीदेखि गल्छी बैरेनीसम्म सडकको अवस्थामा निकै समस्या आउन थालेको हो । जस्ले गर्दा राजधानी प्रवेशका लागी आएका हजारौं सवारीका यात्रुहरुले सास्ति खेप्नु परेको हो ।

नालीमा कल्भर्ट राख्ने र त्यतिकै छाडिदिंदा राजमार्ग आसपास बसोवास गर्नेहरुलाई समेत समस्या आएको भनाई छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्या त अहिले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको मुख्य विशेषता नै बनेको छ ।

नौविसेदेखी मलेखुसम्मको ४३ किलोमिटर सडकको काम सुरु भएको २४ महिनामा जाम्मा २५ प्रतिशत मात्रै सकिएको छ । सडक निर्माणको भौतिक प्रगति भने सोचे अनुरुप अझै हुन नसकेको हो ।

विश्व बैंकको ऋण सहयोगमा नागढुङ्गादेखी मुग्लिनसम्मको ९५ किलो मिटर सडक करिब १३ अर्ब रुपैयाँको लागतमा सरकारले विभिन्न निर्माण कम्पनीहरुलाई जिम्मा दिई स्तरोन्नति सहित विस्तार गर्न लागिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.