बबई नदिमा डुबेर दाजुभाईको मृत्यु

दाङ- बबई नदिमा पौडी खेल्ने क्रममा दुई दाजुभाईको मृत्यु भएको छ । बबई गाउँपालिका-७ ओदाले घाटमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको हिजो मंगलबार मृत्यु भएको हो ।

दुई दाजुभाई ओदालेमा रहेको फुपुको घरमा बुवा-आमासङ्गै आएको स्थानीयले बताएका छन् । ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक अजयजङ्ग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई उद्वार गरेर अस्पताल पठाएको र उनको उपचारका क्रममा तुलसीपुरमा मृत्यु भएको थियो । यस्तै १६ बर्षका दिपेश परियारको बबई नदिबाट शव निकालेको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो ।

मृतकका परिवार कामको शिलशिलामा भारत बस्ने गरेको जनाइएको छ । शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.