गोरखामा सवा लाख रोट महोत्सव शुरु

गोरखा- गोरखा दरवारमा आजबाट २१ औँ सवा लाख रोट महोत्सव हुने भएको छ । सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा ११ दिने महोत्सवको आयोजना गरिएको हो ।
११ दिन सम्म चल्ने महोत्सवमा सवालाख रोट गोरखनाथलाई अर्पण गरिने छ । महोत्सव अवधिभर प्रत्येक दिन विशेष पुजा, हवन, स्तुतिवन्दना, लगायतका कार्यक्रम हुनेछन् ।
महोत्सवले धार्मिक पर्यटक भित्राउन सघाउ पुग्ने विश्वास लिइएको छ । केन्द्रले २०६१ सालदेखि सवा लाख रोट महोत्सव गर्दै आएको छ ।
महोत्सवका संचालनका लागि २० लाख खर्च लाग्ने अनुमान गरिएको छ । गहुँ, जौ वा चामलको पिठोबाट तयार गरिएको ताइ र भुग्रे गरी दुई थरी रोट गोरखनाथमा चढाउने गरिन्छ ।
महोत्सवको पहिलो दिन झाँकी सहितको शोभा यात्रा निकालिएको थियो ।
झण्डोत्तोलन, ज्योत पूजन, नाथयोगीहरुको वरण, स्तुति(वन्दना, स्तवन पाठ, गुरु गोरखानाथको विशेष पूजन लगायतका कार्यक्रम महोत्सवमा हुने छन् ।।
प्रतिक्रिया राख्नुहोस्