नेपाली काँग्रेसको १५ औँ महाधिवेशन उद्घाटनसत्र-लाइभ

काठमाडौँ- नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उद्घाटन सत्र सुरु भएको छ ।उदघाटन सत्रमा विभिन्न राजनीतिक दलको नेतृत्वलाई आमन्त्रण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चा अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।
त्यसै गरी विदेशी पाउनाहरु पनि उद्घाटन सत्रमा सहभागी हुने बताइएको छ । अन्तरराष्ट्रिय अतिथिहरुमा सोसलिष्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवालगगायत अतिथि महाधिवेशनमा सहभागी हुन नेपाल आइसक्नुभएको सो पार्टीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्