मोटरसाइकल दुर्घटनामा दुइजनाको मृत्यु

रुपन्देही- गएराती रूपन्देहीमा बेग्लाबेग्लै भएको मोटरसाईकल दुर्घटनामा दुई युवाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गएराती तिलोत्तमा नगरपालिका वडा नं ४ ड्राईभरटोलमा भएको मोटरसाईकल दुर्घटनामा २४ बर्षिय बिवेक डुम्रेको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका वडा नं ६ का बासिन्दा डुम्रेले चलाएको लु ३१ प १६४२ नंम्वरको मोटरसाईकल गएराती अनियन्त्रीत भई पल्टिदा गम्भिर घाईते भएका डुम्रेको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं २ स्थीत जितगढीमा भएको मोटरसाईकल दुर्घटनामा सैनामैना नगरपालिका वडा नं ४ बस्ने ४२ बर्षिय गोबिन्द अर्यालको मृत्यु भएको छ।

प्रहरीका अनुसार अर्यालले चलाएको प्रदेश नं ३ – २००२ प २०३६ नम्वरको मोटरसाईकल राती अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

मोटरसाईकल पल्टिदा गम्भिर घाईते भएका अर्याललाई उद्धार गरि उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल लगिएकोमा राती नै उपचारको क्रममा उनको मृत्यृ भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.