पपुवा न्युगिनी पहिरो अपडेटः मृतकको संख्या ६ सय ७० पुगेको अनुमान

पपुवा न्युगिनीमा गएको भीषण पहिरोमा परी ६ सय ७० जना पुरिएको अनुमान गरिएको छ । संयुक्त राष्ट्र संघीय अधिकारीहरुका अनुसार पहिरोले अकल्पनीय क्षति गरेको छ ।

पहिरोले १ सय ५० भन्दा बढी घरहरु पुरिएको बताइएको छ । राति सुतिरहेकोको अवस्थामा पहिरो आएकाले पनि क्षति बढी भएको अनुमान गरिएको छ । प्रभावित क्षेत्र दक्षिण-पश्चिम प्रशान्त टापु राष्ट्रको उत्तरमा रहेको एन्गाको उच्च भूमिमा छ ।

पहिरो जाने क्रम अझै नरोकिएकाले खोज तथा उद्दारमा कठिनाइ भइरहेको छ । अझै पनि जमिन भासिने र ढुंगा खस्ने क्रम नरोकिएको उद्दारकर्ताहरुले बताएका छन् ।

जमिन चिरा पर्न थालेपछि पहिरोबाट प्रत्यक्ष रुपमा प्रभावित नभएका क्षेत्रका करिब २ सय ५० घर सर्वसाधारण पनि विस्थापित हुन बाध्य भएका छन् । सो क्षेत्रमा झण्डै ४ हजार मानिसको बसोवास रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.