विश्वकप क्रिकेटः नेपाल र अमेरिकाबीच हुने भनिएको वार्म अप खेल रद्द

काठमाडौं- आइसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीच हुने भनिएको वार्म अप खेल रद्द भएको छ । स्थानिय समय अनुसार बिहान १०:३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको हो ।

टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाले टस जित्दा नेपालले पहिलो फिल्डिङ गर्ने तय गरिएको थियो ।

नेपालले वार्म अपको पहिलो खेलमा सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो । त्यस्तै अमेरिका र बंगलादेशबीच मंगलबार हुने भनिएको खेल पनि खराब मौसमका कारण रद्द भएको थियो ।

विश्वकप क्रिकेट आगामी जेठ १९ गतेबाट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुदैछ । समूह डी मा रहेको नेपालको समुहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

जेठ २२ गते नेदरल्यान्ड्स विरुद्ध पहिलो खेल खेल्दै नेपालले विश्वकपको यात्रा शुरु गर्नेछ । नेपालले समुह चरणको आफ्नो दोस्रो खेल श्रीलंका विरुद्ध जेठ ३० गते खेल्नेछ भने असार १ गते दक्षिण अफ्रिका र असार कै ३ गते बंगलादेश विरुद्ध समुह चरणको अन्तिम खेल खेल्ने तालिका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.