टी-२० विश्वकपः उद्‍घाटन खेलमा आयोजक अमेरिकाको विजयी सुरुवात

काठमाडौं- आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले छिमेकी राष्ट्र क्यानडालाइ ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

टेक्सासको डालासस्थित ग्रान्डप्रेरी क्रिकेट मैदानमा १९५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले मात्र ३ विकेटको क्षतिमा १७ ओभरमै पुरा गर्‍यो । टस हारेर पहिले ब्याटीङ क्यानडाले ५ विकेटको क्षतिमा १९४ रनको योगफल तयार पारेको थियो ।

दुवै टोलीले पहिलो पटक विश्वकपमा सहभागिता जनाइरहेका छन् । अमेरिकाले आयोजकका रूपमा विश्वकप खेल्ने अवसर पाउदा क्यानडा अमेरिकी क्षेत्रको छनोट चरण पार गर्दै विश्वकपमा स्थान पाएको हो ।

आजै आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी पीएसजी बिच नेपाली समयअनुसार, राति सवा ८ बजे खेल हुनेछ ।

विश्वकपको नवौँ संस्करणमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले आफ्नो पहिलो खेल पर्सि नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.