शहीद लखन गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सुरु

 गोरखा- गोरखाको शहिद लखन गाऊँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न थालिएको छ । नाम्जुङदेखि पालिकाको केन्द्र घैरुङसम्मको साढे ३ किलोमिटर सडक कालोपत्रे गर्न थालिएको हो ।

उक्त सडक स्तरोन्नतीका लागि २०७९ माघमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता अनुसार सडक स्तरोन्नतीको काम यो वर्षको माघमा पूरा गर्नुपर्नेछ । तर सम्झौताको म्याद अगावै स्तरोन्नतीको काम पूरा गर्ने गरि आइतबारबाट कालोपत्र शुरु गरिएको निर्माण कम्पनी सिनर्जी सचेत जेभीका भोला मरहट्टाले बताउनुभयो ।

स्तरोन्नतीका क्रममा सडकको चौडाई साडे ७ मिटर बनाइएको छ । जसमध्ये साडे ५ किलोमिटरमा कालोपत्र गरिने शहिद लखन गाऊँपालिकाका इन्जिनियर राजन रानाभाटले बताउनुभयो ।

पालिकाको आफ्नै स्रोत र संघीय सरकारको समपूरक अनुदानबाट सडबनाम्जुङदेखि घैरुङसम्मको साढे ३ किलोमिटर सडक स्तरोन्नती गर्न लागेको हो । गोरखा सदरमुकामबाट नाम्जुङसम्मको सडक भने प्रदेश सरकारको लगानीमा यसअघिनै कालोपत्रे भैसकेको छ ।

सडक स्तरोन्नतीका लागि ९ करोड ९८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । गाऊँपालिकाको केन्द्रबाट मनकामना मन्दिरसम्मको सडकखण्ड पनि क्रमैसँग कालोपत्र गरिने गाऊँपालिकाका अध्यक्ष रमेश थापामगरले बताउनुभयो ।

उक्त सडक स्तरोन्नती भएपछि पनि शहिद लखन गाऊँपालिकाको केन्द्र पक्की सडक सञ्जालसँग जोडिन अझै करीव डेढ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.