सञ्चारकर्मी बरालको‘माया छ कि छैन’ सार्वजनिक

काठमाडाै‌- सञ्चारकर्मी तथा गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक भएको छ। गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ।

भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय छ। श्री ईश्वरी प्रडक्सन युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतकाे म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ।

भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको छ भने कोरियोग्राफि शिशिर खातीले गरेका छन्। शब्द,सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।
यसअघिका बरालका नरिसाउन होइ, खानदानी छोरी लगायत चर्चित गीतहरू बजारमा आइसकेका छन्।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.