भारोत्तोलनको ओलम्पिक सोलिडारिटी कोर्स सुरु

काठमाडौं- भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्स मंगलबारदेखि सुरु भएको छ । सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा सुरु भएको कार्यक्रम पहिलो चरणको कोर्स हो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहका बीच कार्यक्रमको उद्घाटन गर्नुभयाे । अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद डोपिङबारे सचेत हुन पर्नेमा जोड दिंदै शक्तिबर्ढक प्रतिबन्धित औषधीको प्रयोगलले खेलाडीको जीवनमा प्रतिकुल प्रभाव पार्ने बताउनुभयाे । कार्यक्रम पाँच दिनसम्म चल्ने छ । कार्यक्रकमा कोर्स निदेशकको भूमिकामा ३० वर्षीय सर्बियाली एरभिन रोज्सयानिक रहेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.