एसियन कप फुटबल छनोटः नेपाल कठिन समूहमा

काठमाडौँ, ३२ जेष्ठ- एएफसी सत्र वर्षमुनि (यु-१७) एसियन कप फुटबल छनोट खेलमा नेपाल समूह एफमा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले सार्वजनिक गरेको ड्रमा नेपाल समूह एफमा परेको हो ।

नेपालको समूहमा जापान, कतार र मङ्गोलियाजस्ता बलिया राष्ट्र परेका छन् । यस समूहका सबै खेल कतारले आयोजना गर्ने एफसीले जनाएको छ । छनोटका खेल आउँदो अक्टोबर महिनामा हुने एएफसीले जनाएको छ ।

त्यसैगरी एएफसीले सार्वजनिक गरेको २० वर्षमुनिको एएफसी यु-२० एसियन कप छनोटमा भने नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया रहेका छन् ।

यो समूहका खेल चाइनिज ताइपेइले आयोजना गर्ने एएफसीले जनाएको छ । उक्त खेल आगामी सेप्टेम्बर २१ देखि २९ तारिखसम्म हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.