विश्वकप क्रिकेटः नेपाल टस जितेर फिल्डिङ गर्दै, सागरको ठाउँमा सन्दीप

काठमाडौं- अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने खेलमा सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन् । सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा समेटिएका हुन् । बाँकी नेदरल्यान्ड्ससँग पहिले खेलेकै टोली रहेको छ ।

नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो । नेपाललाई विश्वकपको दोस्रो चरणमा पुग्नका लागि पनि दक्षिण अफ्रिकाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ ।

विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ । त्यस्तै, नेपालले यसअघि दुई खेल खेलेकामा एक खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.