विश्वकप क्रिकेटः नेपाललाई तेस्रो सफलता

काठमाडौं- नेपाललाई दक्षिण अफ्रिका विरुद्ध टि- २० विश्वकपको समूह चरणको खेलमा तेस्रो सफलता मिलेको छ ।

नेपालका लागि कुशल भुर्तेलले लगातार दोस्रो विकेट लिएका हुन् । हेनरिच क्लासन मात्र ३ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १३.२ ओभरमा ३ विकेटको क्षतिमा ७४ रन बनाएको छ ।

यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकी ओपनर क्विन्टन डि ककको महत्वपूर्ण विकेट लिएका थिए ।

उनले चौथो ओभरको चौथो बलमा आफैले डि ककको क्याच लिएका थिए । डि कक ११ बलमा १० रन बनाउँदै बाहिरिएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.