विश्वकप क्रिकेटमा नेपालः हारेको खेलबाट जितेको प्रशंसा

काठमाडौं- जारी टि-२० विश्वकपमा नेपालले आफ्नो पक्षमा नतीजा निकाल्न नसकेपनि विश्व क्रिकेटजगतमा छाप छोड्न भने सफल भएको छ ।

अमेरिका र वेष्टइण्डिजमा खेलेको समूह चरणका तीन खेलमा दुईमा हार र एकमा नतिजाविहीन रहेको नेपाली क्रिकेटले पुनः एक पटक क्रिकेट प्रेमिहरुको मन जित्न भने सफल भएको हो ।

नेपालले शुक्रबार दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपनि नेपाली खेलाडीहरुको प्रर्दशनले सबैको ध्यान खिचेको छ । नेपाली समर्थकहरुको क्रिकेट क्रेजले पनि विश्व क्रिकेट क्षेत्रलाई मन्त्रमुग्ध बनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट विश्लेषक, सञ्चारमाध्यम तथा विभिन्न फ्रेन्चाइज क्रिकेट क्लबहरुले दक्षिण अफ्रिका विरुद्धको नेपाली पारीको उच्च प्रशंसा गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत नेपाली खेलाडीहरुको बलङि, ब्याटिङ र फिल्डिङ तीनै पक्षको विश्लेषण गरी प्रशंसा गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो शिर उचालिरहेको छ भनि पोष्ट गरेको छ । एसियन क्रिकेट काउन्सिलले नेपालको हारमा दुःखद भन्दै प्रतिक्रिया दिएको छ ।

यसैगरी क्रिकेट अष्ट्रेलियाले एक विचित्र अन्तिम बल रन आउटले दक्षिण अफ्रिकालाई सर्वशक्तिमान डरबाट बच्न मद्दत गरेको भनी पोष्ट गरेको छ ।

इन्डियन क्रिकेट कमेन्टरले नेपाली क्रिकेटको सफल दिनहरु नजिक आइरहेको बताएका छन् । अर्का इन्डियन क्रिकेट कमेन्टर संजय मान्ज्यकरले अबको दश वर्षमा हेर्ने टिम नेपाल भनि पोष्ट गरेका छन् । पूर्व इन्डियन क्रिकेटर मोहमद केफले नेपाल साँच्चै बहादुर हो, यो टोलीको भविष्य उज्ज्वल रहेको भनी भिडियो पोष्ट गरेका छन् ।

यसैगरी इडियन क्रिकेटर इरर्फान पठानले नेपालले चरणबद्ध रुपमा राम्रो क्रिकेट खेलेको र भविष्यमा बलियो टोली बन्न आवश्यक पर्ने कुराहरू रहेको बताएका छन् । यसैगरी इन्डियन फ्रेन्चाइज क्रिकेट क्लबहरु पन्जाब किंग्स्, मुम्बइ इन्डियन, लखनाउ सुपर जाएन्टस्ले नेपाली खेलाडीको फोटो पोष्ट गर्दे प्रशंसा गरेका छन् ।

दश वर्षपछि टि-२० विश्वकपमा पुनरागमन गरेको नेपालसामू शुक्रबार अन्तर्राष्ट्रिय टि-२० खेलमा टेष्ट राष्ट्रलाई पराजित गरी आफ्नो विश्वकप क्रिकेट यात्रामा इतिहास रच्ने अवसर भएपनि अब आइतबारसम्म कुर्नुपर्ने भएको छ ।

नेपालले आइतबार समूहचरणको अन्तिम खेल बंगलादेशसँग खेल्नेछ । जुन खेलबाट नेपालले आफूलाइ अब्बल प्रमाणित गर्नुपर्ने विश्लेषकको भनाइ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.