शीर्ष ८ का खेलहरु भोलिबाट हुने

काठमाडौँ- आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणका खेलहरु सम्पन्न भएका छन् ।

समूह चरणको अन्तिम खेलमा आज विश्वकपको सह-आयोजक वेष्ट इन्डिज र अफगानिस्तानबीच खेल भयो ।

निकोलस पूरनको आक्रामक इनिङ्ससँगै वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनले पराजित गरेको छ।

एक खेल अगावै लगातार तीन खेल जितेर सुपर आठमा पुगेको वेस्टइन्डिज आजको जित सहित ८ अङ्क सहित सुपर ८ मा पुगेको छ ।

आज पराजित भएपनि समूह उपविजेता बनेको अफगानिस्तानले पनि सुपर ८ को यात्रातग गरेको छ ।

भोलिबाट शुरु हुने सुपर ८ का खेलहरुको पहिलो खेलमा वेस्ट इन्डिजले इश्र्ल्याण्डको सामना गर्नेछ भने भोलि नै पहिलो खेलमा विश्वकपको अर्को सह-आयोजक अमेरिका र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।

यसैबीच विश्वकपमा सहभागी भएर समूह चरणबाट बाहिरिएको नेपाल स्वदेश फर्कने तयारीमा छ । नेपाली टोली बिहीबार नेपाल आइपुग्ने क्यानले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.