तेस्रो डुंगा दौड प्रतियोगितामा सुनसरी प्रथम

रामेछाप- रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सम्पन्न तेस्रो राष्ट्रिय माझी डुंगा ( लाउ ) दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ ।

उक्त प्रतियोगिताको सिंगल बिधातर्फ सुनसरीका चन्द्र माझी र जिवन माझीले ३ मिनेट ३ सेकेन्डमा डुंगालाई नदी वारपार गराई प्रथम भएका हुन् भने ३ मिनेट १२ सेकेन्डमा नदी वारपार गरी ओखलढुंगाका कमल माझी र कुशल माझीले द्वितिय स्थान हासिल गरेका थिए ।

त्यसैगरी ३ मिनेट १६ सेकेन्डमा नदी वारपार गरी रामेछाप मसानटारका सुनिल माझी र उर्बे माझीले तृतीय स्थान हासिल गरेका थिए ३ मिनेट २४ सेकेन्डमा नदी वारपार गरी सिन्धुली खाँङसाङका पेशल माझी र डिल्ले माझीले सान्वना पुरस्कार प्राप्त गरेका थिए ।

त्यसैगरी डवल विधातर्फ २ मि ४४ सेकेन्डमा डुंगालाई नदी वारपार गराई सुनसरीको समुह प्रथम भएको छ भने २ मिनेट ५० सेकेन्डमा डुंगालाई वारपार गराई रामेछाप राताटारको समुह ले द्धितिय स्थान हासिल गरेको छ ।

त्यसैगरी २ मिनेट ५१ सेकेन्ड लगाई वारवार गरेर ओखलढुंगाले तेस्रो पुरस्कार हासिल गरेको छ भने सुनसरी ए ले २ मिनेट ५३ सेकेन्डमा नदि वारपार गरी सान्त्वना स्थान हसिल गरेको छ ।

उक्त प्रतियोगिताको सिंगल विधामा २ जना र डबल बिधामा ४ जनाको समुह रहेका थिए । उक्त प्रतियोगितामा देशभरका माझी समुदायका खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा डवल विधातर्फ २९ समुह र सिङ्गल विधातर्फ २६ समुहको सहभागिता रहेको माझी उत्थान संघ रामेछापले जनाएको छ ।

बिजयी प्रतियोगिहरुलाई पुरस्कार र प्रमाणपत्र समेत बितरण गरिएको थियो । उक्त खेल अन्र्तगत खेलाडीहरुले प्रतिस्पर्धाका आधारमा डुंगालाई सेलेघाट स्थीत तिन नदिको संगम त्रीवेणीको वारी किनार वाट पारी पुर्याई पुन वारीनै ल्याउनुपर्ने प्रावधान रहेको थियो ।

माझी समुदायको परम्परागत पेशाको रुपमा पहिचान बनाएको डुंगा ब्यवसायलाई राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय खेलका रुपमा मान्यता दिए सँगै हरेक बर्ष यो प्रतियोगिताको आयोजना हुँदै आएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.