आइसिसी टि-ट्वान्टी: उपाधिका लागी भोलि भारत र दक्षिण अफ्रिका भिडदै

काठमाडौँ- आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल भोलि हुदैछ । विश्वकपको उपाधिका लागी भोलि हुने फाइनल प्रतिस्पर्धामा भारत र दक्षिण अफ्रिका भिड्नेछन् ।

जारी विश्वकपमा हालसम्म भएका सबै खेल जित्दै अपराजित बनेर फाइनलसम्म पुगेका भारत र दक्षिण अफ्रिका दुबै टोलीको अबको लक्ष्य विश्वकप उपाधि जित्नु बनेको छ ।

टि-२० विश्वकपको पहिलो उपाधि जितेको भारत त्यस यता एक पटक पुनः फाइनलमा पुगेपनि दोहोरो उपाधि जित्न सकेको छैन् । उता पहिलो पटक टि-२० विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका सामू पनि उपाधि जित्दै इतिहास बनाउने अवसर छ ।

सेमिफाइनल खेलमा साविकको विश्वकप उपाधि विजेता इङ्ल्यान्ड विरुद्ध ६८ रनको जित सहित भारत तेस्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा पुग्न सफल भएको छ।

आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल भोलिउता पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउदै दक्षिण अफ्रिकाले फाइनलको यात्रा तय गर्दै भारतसंगको उपाधि भिडन्त पक्का गरेको हो । विश्वकप क्रिकेटको फाइनल खेल भोलि बेलुकी ८:१५ बजे शुरु हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.