युरोकप फुटबलः बेल्जियमलाई हराउँदै फ्रान्स क्‍वाटरफाइनलमा

काठमाडौं- जर्मनीमा जारी युरो कप-२०२४ मा बेल्जियमलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा आत्मघाती गोलको मद्दतमा १-० को जित दर्ता गर्दै फ्रान्स अन्तिम आठमा प्रवेश गरेको हो ।

खेलको एकमात्र गोल ८५औं मिनेटमा आत्मघाती गोलको रूपमा आएको थियो । रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेन्डर यान भर्टङगनलाई लागेर गोलमा परिणत भएको थियो । सोही गोलको मद्दतले फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

फ्रान्सले अब क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनिया बीचको विजेता विरुद्ध खेल्नेछ । यी दुई टोली बीचको खेल आज राति १२:४५ बजे हुँदैछ ।

फ्रान्स बाहेक अहिलेसम्म क्वाटरफाइनलमा पुग्ने टोलीहरू जर्मनी, स्पेन, स्विटजरल्यान्ड र इङ्ल्यान्ड रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.