युरोकप: आज रोमानिया र नेदरल्याण्डस् तथा टर्की र अष्ट्रिया भिड्दै

काठमाडौँ- युरोकप फुटबल अन्तर्गत आज रोमानियाले नेदरल्याण्डसको सामना गर्दै छ ।

यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजे शुरु हुनेछ ।

यसैगरी आजै राति पौने एक बजे शुरु हुने अर्को खेलमा टर्की र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ ।

नकआउट चरणको हालसम्म भएका खेलमा विजयी बनेका जर्मनी र स्पेन तथा इङ्ल्याण्ड र स्विट्जरल्याण्डबीच क्वाटरफायनल चरणमा प्रतिस्पर्धा हुने पक्का भइसकेको छ ।।

यसअघि,  पुर्व विजेता फ्रान्स र पोर्चुगल जर्मनीमा जारी युरोकप फुटबल २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

आज विहान सम्पन्न खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले हराउँदै पूर्वविजेता पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

पोर्चुगलका गोलरक्षक कोस्टाले स्लोभेनियाका खेलाडीको तीन वटा पेनाल्टी प्रहार लगातार रोकेका थिए ।

यसअघि निर्धारित समयको खेलमा पाएको पेनाल्टी रोनल्डोले मिस गरे पछी खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो ।

पोर्चुगलले अब अन्तिम ८ मा फ्रान्सको सामना गर्नेछ । हिजो राति नै भएको पहिलो खेलमा बेल्जियमलाई १–० गोल अन्तरले हराउदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

गएराति भएको खेलमा ८५ औँ मिनेटमा बेल्जियमका डिफेन्डरले विपक्षी टोलीका मुआनीको प्रहार रोक्ने क्रममा भएको आत्मघाती गोल नै निर्णयक बन्यो ।.

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.