कोपा-अमेरिका: क्वाटरफाइनलमा भोलि अर्जेन्टिना र इक्वेडर भिड्ने

काठमाडौँ- विश्वको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका अन्तर्गत भोलिदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् ।

पहिलो खेलमा भोलि सर्वाधिक सफल राष्ट्र अर्जेन्टिनाले इक्वेडरको सामना गर्नेछ ।

खेल विहान पौने ७ बजे सुरु हुनेछ ।

प्रिक्वाटरफाइनलमा कोलम्बियासँग बराबरी खेल्दै हिजोमात्र ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो।

क्वाटरफाइनलमा ब्राजिलले उरुग्वेको‌ सामना गर्दा क्यानडा र भेनेजुएलाबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै पानामाले कोलम्बियासँग खेल्नेछ ।

कोपा–अमेरिका फुटबलको सर्वाधिक उपाधि हालसम्म अर्जेन्टिना र उरुग्वेले समान १५–१५ पटक जितेका छन् ।

विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता ‘कोपा–अमेरिकाको उपाधि गतवर्ष ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जितेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.