आज जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै

जर्मनीमा जारी युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल चरणका खेलहरु आजबाट शुरु हुँदैछन् ।

सेमिफाइनल चरण प्रवेशका लागि हुने अन्तिम ८ को पहिलो खेलमा आयोजक जर्मनी र स्पेन भिड्दैछन् ।

स्टुटगार्ट एरेनामा यो खेल नेपाली समय अनुसार राति पौने १० बजे शुरु हुनेछ ।

बहुप्रतिक्षित भिडन्त मानिएको यस खेलका दुवै राष्ट्रले ३/३ पटक युरोकपको उपाधि जितेका छन् ।

हेड टु हेडका आधारमा २६ खेलमा जर्मनीले ९ र स्पेनले ८ पटक जित निकालेको छ ।

यसैगरी, राति एक बजेबाट शुरु हुने दोस्रो क्वाटरफाइनलमा पोर्चुगल र फ्रान्सबीच प्रतिस्पर्धा हुदैछ ।

यो खेल भने विश्वका दुई महान् खेलाडीहरु क्रिस्टियानो रोनाल्डो र किलियन एम्पाप्पे केन्द्रित हुनेछ ।

त्यस्तै क्वाटरफाइनलमा पुगेका इङ्ल्याण्ड र स्वट्जरल्याण्डबीच शनिवार राति खेल हुँदा अन्तिम क्वाटरफाइनल खेलमा आइतबार नेदरल्याण्डस् र टर्की विच खेल हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.