ब्राजिल कोपा अमेरिका फुटबलबाट बाहिरियो

काठमाडौं- उरुग्वे अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगीताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा ब्राजिललाइ पेनाल्टी सुटआउटमा ४-२ गोलले हराउँदै उरुग्वे सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा उरुग्वेले ४-२ को जित दर्ता गरेको हो । ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले टाइब्रेकरमा गोल गर्न सकेनन् ।

उरुग्वेका कप्तान जोसे जिमिनेजले गोल गर्न नसकेपनि अन्तिम प्रहारमा म्यानुएल उगार्टेले गोल गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । यो सँगै कोपा अमेरिकाको सेमिफाइनल समिकरण पनि पुरा भएको छ ।

त्यस्तै कोलम्बियाले पानामालाइ ५-० ले हराएको छ । यसअघि भेनेजुएलालाई सडन डेथमा पराजित गर्दै क्यानडाले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । फाइनलमा पुग्न अव उरुग्वेले कोलम्बियासग खेल्दा क्यानडाले सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.