संसदीय समितिमा तपाइँहरूको बहुमत भयो होला, मलाई ठग प्रमाणित गर्नुस्: लामिछाने 

काठमाडौँ- गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार के कारणले ढल्यो भनेर नेताहरूले देशलाई ढाँटेको बताउनु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतको लागि गरेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै लामिछानेले केही नियुक्ति, बेचन झा र प्रतीक थापा पक्राउ परेपछि सरकार ढालिएको दाबी गर्दै सरकार किन ढल्यो भन्ने विषय नेताहरुले ढाँटेको बताउनु भयो ।

‘यही सदनमा उभिएर सांसदहरूले भ्रष्टाचारका फाइल किन खुलेनन् भनेर प्रश्न गर्नुभएको थियो । फाइल खोलेको २४ घण्टामा सरकार ढाल्नुभयो । अनि कसरी खोल्ने फाइल ? २४ घण्टामा,’ रविले भने, ‘सरकार के कारणले ढल्यो भनेर नेताहरूले देशलाई ढाँट्नुभयो । यो देशका बच्चा बच्चालाई थाहा छ कारण सरकार किन ढल्यो ? केही नियुक्ति, बेचन झा र प्रतीक थापाको पक्राउबाहेक यो सरकार ढल्नुको अर्को कुनै कारण जनतालाई थाहा छैन ।’ गृहमन्त्री लामिछानेले भन्नुयो ।

गृहमन्त्री लामिछानेले अब संसदीय समितिमा बहुमत पुगेकोले आफूलाई सहकारी ठग प्रमाणित गरेर देखाउन चुनौती दिनुभयो ।

‘अब संसदीय समितिमा तपाइहरूको बहुमत भयो होला, ठग प्रमाणित गर्न आपत् पर्दैन होला, मलाई ठग प्रमाणित गर्नुस्’ लामिछानेले भने ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.