नेपालले यूएईलाई ६ विकेटले हरायो

सम्झना खड्काको अविजित ७२ रन

काठमाडौँ- महिला एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले  यूएईलाई ६ विकेटले पराजित गरेको छ ।

यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पराजित गर्न नेपालकी सम्झना खड्काले उत्कृष्ट योगदान दिइन ।

नेपालको उत्कृष्ट प्रदर्शनमा सम्झनाले अविजित ७२ रन जोडिन ।

सम्झनाको अन्तराष्ट्रिय प्रतियोगितामा यो पहिलो अर्ध शतक हो ।

नेपालकी कप्तान इन्दु बर्माले ३ विकेट लिइन ।

यस अघि टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो  ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.