उत्तरी धादिङमा जतासुकै पहिरो, खनियाबासमा आतेजाते मै समस्या

धादिङ- उत्तरी धादिङको खनियाबास गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोको कारण गाउँपालिका भवनसहित ३० घर पहिराेकाे उच्च जाेखिमा परेकाे छ । पहिरोका कारण सात घर परिवार विस्थापित भएका छन् ।
विस्थापित परिवार आफन्तका घरमा आश्रय लिइरहेका छन् ।
लगातार परेको बर्षातका कारण खनियाबास गाउँपालिकाको कार्यालय , धार्ना, केराबारी लगायतको क्षेत्रमा पहिरोले समस्या भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठले बताउनुभयो ।
केही घरका स्थानीयलाई नजिकै सुरक्षित स्थानमा सारिएको छ र अन्य ब्यबस्थापनका लागि अहिले स्थानीय बिपद ब्यबस्थापन समितिले अनुगमन थालेको गाउँ पालिकाका अध्यक्ष रणबहादुर तामाङले जानकारी दिनुभएको छ ।
जतासुकै पहिरो गएकोले समस्या भएको छ । गाउँ भन्दा तलबाट खसेकाे पहिराेका कारण थप समस्या आयको स्थानीयले जनाएका छ ।।






प्रतिक्रिया राख्नुहोस्