एक अर्ब बढी लगानीमा हुलास स्टिलको नयाँ प्लान्ट उद्धघाटन
बारा- हुलास स्टिल प्रा.लि.ले हुलास स्टिल प्रा.लि. गोल्छा अर्गनाइजेशन स्थापनाको अवसर पारेर एक अर्ब बढीको लगानीमा बाराको वेलुवामा नयाँ प्लान्ट सञ्चालनमा ल्याउन लागिएको छ ।
करिब सय बढी मजदुरलाई प्रत्यक्ष रोजगारी दिने गरी उद्योगले विद्युतीकरणका लागि आवश्यक पोल, ६६ केभी, १३२ केभी, २२० केभी प्रसारण लाईनको लागि आवश्यक टावर, र ग्याल्भनाईज फलाममा खिया लाग्न नदिने आल्मुनियम र जिन्कको झोल उत्पादन गर्ने प्लान्ट सञ्चालन गर्न लागेको हो ।
उद्योगको नयाँ प्लान्ट केही दिनमै सञ्चालनमा ल्याइने उद्योगका निर्देशक हिमांशु गोल्छाले जानकारी दिनुभयो । उहाँले नयाँ प्लान्ट पूर्ण क्षमतामा सञ्चालन ल्याउन सके वार्षिक १० अर्ब बढीको आर्थिक कारोवार हुने बताएका बताउनुभयो ।
नेपालमा विद्युत्तीकरणका लागि आवश्यक पोल, ट्रान्समिटर, ग्याल्भनाईज लगायत सम्पुर्ण साम्रगी भारतबाट आयात हुने गरेको छ । ट्रान्समिसन लाइनका लागि आवश्यक पर्ने टावरहरू र अत्याधुनिक प्रविधिबाट नेपालमै पहिलोपटक अब १३ मिटर सम्मका पोलहरू उक्त उद्योगबाट उत्पादन हुने जानकारी कम्पनीले दिएको छ ।
उद्योगले जीतपुरदेखि करिब पाँच किलोमिटर भित्र वीरगञ्ज महानगर-३१ मा पाँच वर्षअघि दश बिगाहा जग्गा किनेर उद्योग स्थापना गरेको हो ।
४३ वर्ष पहिले स्थापित हुलास स्टिलले देशका विभिन्न स्थानहरुमा कर्कट जस्तापाता, पाईप, जूट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टील युटेन्सील, जिआई, आल्मुनियम, कप्पर वायर तथा इलेक्ट्रोनिक्स बस्तुहरु उत्पादन गर्ने उद्योगहरुको स्थापना गरी लगभग २० हजार बढीलाई रोजगारी प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्