नेपाल इरानसँग पराजित

काठमाडौँ- काभा महिला भलिबल अन्तर्गत आज भएको खेलमा नेपाल इरानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा नेपाललाई इरानले ३-२ सेटमा हराएको हो ।

यो सँगै नेपालले २ जित र १ हार व्यहोरेको छ ।

हिजो भएको खेलमा नेपाले भारतलाई पराजित गरेको थियो ।

आजै भएको पहिलो खेलमा श्रीलंकाले प्रतियोगिताकै कमजोर टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

श्रीलंका यसअघि नेपालसँग ३-० र इरानसँग ३-२ सेटमा हार बेहोरेको थियो। माल्दिभ्सले भने भारत र इरानसँग समान ३-० को सेटमा पराजय बेहोर्‍यो।

आइतबार श्रीलंकाले खेल २५-२२, २५-१२, २५-१६ ले आफ्नो पक्षमा पार्‍यो। जितसँगै श्रीलंकाले तीन खेलमा चार अंक जोडेको छ। तीनै खेलमा पराजित माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.