फोहरबाट जैविक कम्पोष्ट मल र नकुहीने फोहरबाट अन्य सामानहरु बनाउन सुरु

धादिङ –   मुलकभरका स्थानीय तहहरुमा फोहर ब्यवस्थापन चुनौतिको रुपमा आई रहेको वेला धादिङको निलकण्ठ नगरपालीकाले भने फोहरुलाई  मोहरमा परिवर्तन गर्ने अभियान सुरु गरेको छ । नगरपालीकाले कुहीने फोहरबाट जैविक कम्पोष्ट मल र नकुहीने फोहरबाट अन्य सामानहरु बनाउन सुरु गरेको हो । यसले फोहर ब्यवस्थापनमा  समेत निकै ठुलो सहयोग पुग्ने विश्वास नगरपालीकाको छ । नगरपालीकाको बजार क्षेत्रबाट दैनिक पाँचदेखी सात  टन फोहर संकलन हुने  गर्दछ । जिल्लाको सदरमुकाम क्षेत्रबाट निश्कीयको फोहरलाई अहिले  संकलन गरी कम्पोष्ट मोल बनाउन सुरु गरेको छ ।

                 नगरपालीका क्षेत्रबाट दैनिक निश्कने फोहरलाई कुहिने नकुहीने र सिसा जन्य गरेर तिन तहमा छानी  कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सुरु गरेको हो ।

 अहिले परिक्षणको रुपमा मल उत्पादन सुर गरेको छ । विषेस त नगरक्षेत्रबाट दैनिक निश्कने कुहिने तथा जैविक बस्तुहरुको प्रयोगबाट प्राङ्गारीक कम्पोष्ट मल बनाउन लागेको नगरपालीकाको भनाई  छ । जस्का लागी नगरपालीका स्थित वडा नम्वर ८मा मल उत्पादन केन्द्र समेत स्थापना गरिएको छ । नगरपालीकाले एक गैर सरकारी संस्थाको सहयोगमा सो कामको सुरुवात गरेको हो ।

                 निलकण्ठ नगरपालीकामा सुधारउन्मुख फोहर ब्यवस्थापनका लागी जैविक कम्पोष्ट मल बनाउन सुरु गरेको भन्दै यो निकै प्रभावकारी हुने बुझाई स्थानीय तहको छ ।यसरी कम्पोष्ट मल बनाउदा मल तयार हुनका लागी कम्तीमा २१ दिन नत्र एक महिना लाग्ने छ ।  कम्पोष्ट मल बनाउदा काठको धुलोमा जिवाणु सहितको जैविक रसादी प्रयोग गरी एक सातासम्म हावा नपस्ने गरी राम्रोसंग मिसायर राखी त्यसलाई पुनःएक साता पछी बजारबाट लगिएको कुहिने फोहरमान मिसाई मल बनाउने गरिन्छ ।

 यसरी मिश्रण गरेको बस्तुलाई फेरी २१ दिनसम्म राखेर ६५ डिग्रीको तापक्रम पुगे पछी सो मल खेत बारीमा राख्न योग्य मानिन्छ । तरकारीको बोक्रा, फलफुललगाएत अन्य कुहिने बस्तुहरु मात्रै जैविक मलका लागी प्रयोग गरिन्छ । ठुलो परिमाणमा मल बनाउन सकेको खण्डमा यसरले रासायनीक मलको अभाव पुरा गर्न सक्ने विश्वास स्थानीय तहको   छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.