करोडौं रकम खर्चिएर बनाइएका पार्क लथालिंग अवस्थामा- फोटो फिचर

धादिङ- सामुदायिक जङ्गलका खाली भागहरूको उपयोग गरी स्थानीयले आय आर्जन गर्न सक्ने भन्दै बागमती प्रदेश सरकारले धादिङ जिल्लाका विभिन्न स्थानहरुमा निर्माण गरेको पर्यटन पूर्वाधारहरू प्रयोगविहीन हुँदा अलपत्र अवस्थामा रहेको छ ।

न त त्यस्ता स्थानहरुमा पर्यटकहरु नै पुग्ने गरेका छन् न त निर्माण गरेका कुनै संरचनहरुको संरक्षण र सम्वर्द्धन नै भएको छ । जसले गर्दा राज्यको करडौं रकम खेर गईरहेको छ ।

पर्यटन क्षेत्रको सुधार गरी स्थानीयको आयआर्जन वृद्धि गर्ने उद्देश्यका साथ बाग्मती प्रदेश सरकारले धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर १२ मा पर्ने सामुदायिक वन क्षेत्र भित्र पर्यटन पूर्वाधारको निर्माण हो ।

नगरपालिका स्थित वडा नम्वर १२ मा पर्ने इष्टदेवी सामुदायिक वन क्षेत्रमा निर्माण गरेको पर्यापर्यटन पार्क अहिले लथालिङ्ग अवस्थामा रहेको छ भने पार्क झाडीमा परिणत भएको छ । पार्कसम्म पुग्ने राम्रो सडकको ब्यवस्था समेत हुन सकेको छैन ।

सरकारले पर्यटन पूर्वाधार विकासको काम सुरु गरेसँगै स्थानीयले आय आर्जन गर्न सक्ने भन्दै खुशी भएकोमा अहिले यहाँका स्थानीय समेत पार्क सञ्चालनमा नआउँदा निरास बनेका छन् ।

जसका लागी सरकारले इष्टदेवी सामुदायिक वन क्षेत्रमा मात्रै पर्यटक आकर्षणका लागी एघार करोड लगानी गर्ने गरी भौतिक संरचनाहरू निर्माण सुरु गरेको हो ।

अहिले सो पार्क निर्माणमा करिव तीन करोड रकम खर्चिसकेको छ भने अन्य पूर्वाधार निर्माणमा समेत कसैले चासो देखाएको पाइँदैन । पार्क १३ रोपनी जमिन क्षेत्रफलमा फैलिएको छ । पार्क निमार्ण २०७९ सालमा सुरु गरी एक वर्ष भित्र निर्माण सम्पन्न गरेको हो ।

स्थानीय तहसँगको सहकार्यमा बाग्मती प्रदेश सरकारको आर्थिक लगानीमा कामको सुरुवात गरेको भन्दै आएको भएपनि प्रदेश सरकारले गरेका यस्तो कामहरू स्थानीय तहसँग सहकार्य नभएको नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङ्गानाको भनाई छ ।

सो स्थानमा वनभोज स्थलका लागी विभिन्न किसिमका टहरालगायतमा पाले बस्ने घर र त्यस वरपर हिँड्डुलका लागी सिँढी निर्माण गरेको छ । यहाँ प्राकृतिक रुपमा चिडिया घर निर्माणको योजना सहित सो पार्क निर्माण गरिएको हो ।

निर्माण भएका कुनै पनि संरचनाको संरक्षण हुन सकेको छैन । जसले गर्दा राज्यको करडौँ रकम त्यतिकै खेर गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.