चर्च ब्वाइजलाई हराउँदै पाहुना टोली पारो २-१ ले बिजयी

काठमाडौँ- शहीद स्मारक ए डिभिजन लिग विजेता क्लव चर्च ब्वाइज युनाइटेडलाई हराउँदै भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब विजयी भएको छ ।

दशरथ रङ्गशालामा भएको एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल अन्तरगत भएको प्रतिस्पर्धामा पारो २-१ ले विजयी भयो । पहिलो हाफमा दुबै तर्फबाट १-१ गोल भएकोमा दोस्रो हाफको सुरुवातमै पारोले थप एक गोल गर्दै विजयी भएको हो ।

पहिलो हाफको खेलमा चर्च ब्वाइजले ३८ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । तर त्यसको दुई मिनेट मै पारोले बराबरी गोल फर्कायो । चर्च ब्वाइजका मोजेजको हेडर पासमा लाकेन लिम्बुले पहिलो गोल गरेका थिए ।

लगत्तै पारोका किंगा वाङचुकले बराबरी गोल फर्काए ।

आजको विजेता टोलीले एएफसी च्यालेन्ज लिग खेल्नेछ ।

मैदानको अवस्थाका कारण एशियाली फुटबल महासङ्घ एएफसीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन प्रतिबन्ध लगाएको दशरथ रङ्गशालाको प्रतिबन्ध हटेपछि आज पहिलो फुटबल प्रतियोगिताको आयोजना भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.