दशरथ रंगशाला हिलाम्य भएपछि साफ अन्डर-२० फुटबल एन्फा मैदानमा खेलाइने

काठमाडौँ-  एफसीका म्याच कमिसनर अब्दुल अहमदले साफ अन्डर २० प्रतियोगिता हुने एन्फा मैदानको निरीक्षण गर्नु भएको छ ।

दशरथ रंगाशालामा हुने भनिएको खेल मैदान हिलाम्ये भएपछि साफ अण्डर-२० फूटबल एन्फा मैदान ललितपुरमा खेलाइने भएको हो ।

कमिस्‍नर अहमद सहितको टोलीले आज एन्फा मैदानको स्थलगत निरीक्षण गरेको हो ।

यसअघि त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा प्रतियोगिता खेलाउने भनिएकोमा यसै साता आयोजना गरिएको नेपालको चर्च ब्वाइज क्लव र भुटानको पारो फुटबल क्लवबीचको एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलको क्रममा रङ्गशाला थप बिग्रिएपछि खेल मैदान सारिएको हो ।

प्रतियोगितामा नेपाल सहित भुटान बंगलादेश भारत माल्दिभ्स र श्रीलंका गरी ६ सार्क राष्ट्रका टोलीहरुले सहभागिता जनाउँदैछन् ।

प्रतियोगिता भदौ २ गतेबाट १० दिनसम्म चल्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.