असोज १७ देखि २१ गतेसम्म लिगलिग महोत्सव हुने
गोरखा – असोज १७ देखि २१ गतेसम्म लिगलिग महोत्सव हुने भएको छ ।
पालुङटामर नगरपालिकाको ८७औँ नगर कार्यपालिकाको वैठकबाट निर्णय गरी महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवको अन्तिम दिनअसोज २१ गते लिगलिगे दौडप्रतियोगिता पनि हुने नगर प्रमुख विवश चिन्तनले बताए ।
चेपेघाटदेखि लिगलिगकोटसम्म दौड प्रतियोगिता हुने छ ।
पालुङटार नगरपालिकाको पर्यटकीय क्षेत्र विकास समितिमार्फत महोत्सव हुन लागेको हो । लिगलिग क्षेत्रको ऐतिहासिक र सास्कृतिक परम्परा सँग सम्वन्धित प्रदर्शनी महोत्सवमा रहने छ ।
हस्तकला र शिल्पकला प्रदर्शनी, स्थानीय परम्परागत नृत्य र संगित प्रस्तुती पनि महोत्सवको आकर्षणको रुपमा रहने छ ।
महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको छ ।
महोत्सव ब्यवस्थापन समितिको संयोजकमा कृष्णवहादुर थापा, प्रचार प्रसार समितिको संयोजकमा रविन्द्र अधिकारी क्षेत्री, स्वास्थ्य समिति संयोजक कृष्ण वहादुर परियार रहेका छन् ।
पालुङटार नगरपालिकाभित्र रहेको पर्यटकीय स्थलको प्रवर्द्धन, परम्पराको संरक्षण र सम्बर्द्धन गर्नकालागि महोत्सवले सघाउने उनले बताए ।।
प्रतिक्रिया राख्नुहोस्