एक खेल अगावै नेपाल सेमिफाइनलमा प्रवेश

बिहीबार नेपाल र बङ्गलादेशबिचको खेल हुने

काठमाडौँ-  नेपाल  एक खेल अगावै सेमिफाइनल चरणमा पुगेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई २-० गोलले हराएसँगै नेपाल र बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका हुन ।

दुई खेल हारेको श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । आजको खेलमा बङ्गलादेशको जितमा मिराजुल इस्लामले १८औँ र पिएश अहमद नोभाले खेलको अन्तिममा गोल गर्नुभयो । यस नजितासँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो ।

श्रीलङ्का पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित भएको थियो । अब बिहीबार हुने नेपाल र बङ्गलादेशबिचको खेलले समूह विजेता टोलीको निर्क्योल गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.