भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौँ- नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आज भएको सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा नेपाल ४-१ ले विजयी भएको एन्फाको फेसबुक पेजमा उल्लेख छ ।

नेपालका गोलकिपर जियारथ शेखले भुटानको २ वटा प्रहार रोकेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.