पारा ओलम्पिक: हिट चरणबाट बाहिरिए पौडी खेलाडी भीमबहादुर

काठमाडौँ- नेपालका पारा पौडी खेलाडी भीमबहादुर कुमाल फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा हिट चरणबाटै बाहिरिनुभएको छ ।

पौडीको एस–९ विधाअन्तर्गत पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुभएका कुमाल सोमबार भएको खेलमा हिट चरणबाटै बाहिरिनुभएको हो । उहाँले निर्धारित दूरी ३५.०५ सेकेन्डमा पूरा गर्नुभएको थियो । ६ जना खेलाडी रहेको हिट–१ मा अन्तिममा रहनुभयो ।

कुमालले विश्व पारा पौडीबाट ‘वाइल्ड कार्ड’ मार्फत पारा ओलम्पिक खेल्नुभएको हो । यसअघि यस स्पर्धामा उहाँकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो ।

नेपालबाट सहभागी तेक्वान्दोका दुई खेलाडीमध्ये पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक जित्नुभएको छ । अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता पहिलो चरणबाटै बाहिरिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.