साफ यु–२० च्याम्पियनसिप खेलेका नेपाली खेलाडीलाई एन्फाले जनही ५० हजार रुपैयाँ दिने

काठमाडौं –  अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

अगस्ट १८ देखि २८ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भएको थियो ।

एन्फाको अगस्ट २९ मा सम्पन्न बैठकले खेलाडी र म्याच अफिसियल दुवैलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । यस्तै, कुल टिकट बिक्रीको २० प्रतिशत खेलाडीलाई दिने निर्णय गरेको एन्फाले जनाएको छ । जसले कुल आम्दानीको २० प्रतिशत अर्थात् १५ हजार ४० रुपैयाँ प्राप्त थप खेलाडीले प्राप्त गर्नेछन् ।

प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार, साहयक प्रशिक्षक ससेन्द्र धिमाल र राजुसिंह महर्जनले जनही २५ रुपैयाँ हजार प्राप्त गरेका छन् । टिम म्यानेजर रविन खड्का र टिम फिजियोथेरापिस्ट अनिश बुढाथोकीलाई पनि २५ हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.