घट्यो हवाई भाडा

काठमाडौं । नेपाल वायुसेवा कम्पनीले हवाई भाडा घटाएको छ । कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाई भाडादर घटाएको हो ।

नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएसँगै वायुसेवा कम्पनीहरुले समेत हवाई भाडा घटाएका हुन् । आयल निगमले हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको थियो ।

सोही आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा इन्धन सरचार्ज घटाएका हुन् । वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयान प्राधिकरणमा पत्र पठाएको थियो ।

प्राधिकरणले स्वीकृत गरेसँगै भाडा घटेको हो । नजिकिंदो चाडपर्वसँगै मानिसको हवाइ यात्रा समेत बाक्लिने गर्छ । यहि समय भाडा घटाइँदा हवाइ यात्रुलाई राहत मिल्ने भएको छ ।

त्यस्तै, काठमाडौंबाट भोजपुरको उडानमा ४५ रुपैयाँ घटाएको छ भने काठमाडौंबाट जुम्लाको उडानको लागि १ सय ६० रुपैयाँ घटाएको छ । काठमाडौं–दाङको लागि १ सय ३५ रुपैयाँ, काठमाडौं–रुकुम १ सय ४५ रुपैयाँ, काठमाडौं–रेसुङ्गाको लागि १ सय ५ रुपैयाँ र काठमाडौं–जोमसोम १ सय रुपैयाँ घटाएको छ ।

अब कुन रुटको कति ?

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.