मनमोहक ‘काल ताल’ जसलाई साक्षात देवीको प्रतीक मानेर पूजिन्छ ( फोटो फिचर)

काठमाडौँ–  गोरखा जिल्लामा पर्ने काल ताल  आरुघाट हुँदै  प्रोक गाउँ बाट करिव चार घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । आन्तरिक एवम् बाह्य पर्यटकको  रोजाइमा पर्ने यो ताल समुन्द्र सतहबाट ३६५० मीटर उचाईमा रहेको छ।

आरुघाट बाट हिडेर जाँदा भने चार दिनको पैदल यात्रामा यो ताल पुग्न सकिन्छ। धार्मिक मान्यता अनुसार गाउँमा कोही बिरामी पर्दा तथा कसैको भाकल पूरा गर्नु पर्दा त्यहाँ गएर पूजा गर्दा रोग निको हुने तथा मनोकामना पूरा हुने विश्वास रही आएको छ।

मनासलु हिमालको छाया यस तालमा राम्रो सँग पर्दछ ।  मानसलु पौडिने ताल भनेर पनि चिनिन्छ। चुमनुव्री गाउँपालिकाको चार दिशालाई पूर्व मनासलु हिमाल र पश्चिम ओमोक्षो म्यान ग्याल्वो उत्तर हिमाल आँगन दक्षिण केपी जोङला कर्वो वीचको आँगन नै काल ताल हो ।

यस तालमा वर्षायाममा स्थानीय वासिन्दाले गोठ राख्ने प्रचलन रहेको छ । गाउँलेहरू यसलाई साक्षात देवीको प्रतीक मानेर पूजा गर्ने  गर्छन्। यहाँ पूजा गर्दा तोर्मा बनाएर काठमा राखिन्छ। त्यसमा खादा र पैसा राखेर तालमा बगाउने चलन छ। ताल किनारामै बसेर तोर्मा बनाउने, पूजा गर्ने र बगाउने गरिन्छ। यसरी पूजापाठ गरेमा अन्नबाली राम्रो हुने, रोगव्याधी नलाग्ने, आयु लामो हुने, मान्छे र जनावरको संरक्षण हुने विश्वास छ ।

हिँडेर तालको फन्को मार्न भने करीव डेढ घण्टा लाग्छ। यसकै किनारबाट उकालो चढेर हिमालचुली बेसक्याम्प भएर नामरुङ पुग्न दुई दिन लाग्छ।काल ताल पवित्र भूमि भएकाले तालमा पौडी खेल्न, ढुङ्गा फ्याँक्न पाइदैन । पर्यटकीय दृष्टिले महत्वपूर्ण यस तालको संरक्षण तथा पूर्वाधार विकासमा भने तीनै तहका सरकारहरुले ध्यान कम पुगेको देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.