बर्षाका कारण नेपाल र श्रीलंकाबीचको आजको खेल पनि रद्द

काठमाडौँ- आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अघि अन्तिम तयारीलाई श्रीलंकामा गएको नेपालको दोस्रो खेल पनि वर्षाको कारण रद्द भएको छ ।

श्रीलंका डेभलेप्मेन्टसँग तीन एकदिवसीय अभ्यास खेलको सिरिज खेल्न नेपाल आइतबार श्रीलंका गएको थियो ।

हिजो पनि पहिलो अभ्यास खेल वर्षाको कारण हुन सकेको थिएन ।

आज दोस्रो खेल पनि वर्षाको कारण भएन ।

नेपालल र श्रीलंका डेभलेपमेण्टबीचको तेस्रो तथा अन्तिम खेल अब भोलि मात्र हुनेछ ।

क्यानाडामा हुने आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्नु अघि नेपली टीम अभ्यास खेल खेल्न श्रीलंका गएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.