केन्याको विद्यालयमा आगोलागी, १७ जनाको मृत्यु

केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ।
केन्या प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी हुँदा बालबालिकाहरू सुतिरहेको एक शयनगृहमा आगोले समाएको थियो ।
घटनामा १७ जनाको मृत्यु भएको र घाइते अन्यलाई अस्पताल पुर्‍याइएको राष्ट्रिय प्रहरीका प्रवक्ता रेसिला ओनयाङ्गोले जानकारी दिनुभएको छ।
प्रहरीले पीडितहरूको उमेर खुलाएको छैन । घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन् ।
धेरै जना घाइते भएको र तीमध्ये १६ जना गम्भीर रूपमा घाइते भएका छन् ।
उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ । आगो के कारणले लागेको हो भन्नेबारे थाहा भएको छैन ।
आगोलागीका बारेमा अनुसन्धान सुरु गरिएको सरकारी अधिकारीहरुले जनाएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.