सुदूरपश्चिममाथि नेपाल पुलिस क्लबको सानदार जित

काठमाडौँ- एन्फा महिला लिगमा आज दुईवटा खेलहरु सम्पन्न भए ।

विभागीय टोली नेपाल पुलिस क्लबले सुदुरपश्चिमलाई ९-० को विशाल गोल अन्तरले पराजित गरेको छ । आज भएको दोस्रो खेलमा नेपाल पुलिसले सुदूरपश्चिममाथि सानदार जित निकालेको हो ।

यसैगरी, आज भएको पहिलो खेलमा संकटा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमा टुंगिएसँगै दुबै टोलीले समान एक-एक अङ्क बाँडेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.