त्रिकोणात्मक एकदिवसीय शृङ्खला: नेपालले भदौ ३१ गते क्यानडासँग खेल्ने

काठमाडौँ- नेपालले क्यानडामा खेल्ने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल यहि भदौ ३१ गते घरेलु टोली क्यानडासँगै खेल्ने एकदिवसीय शृङ्खलाको यात्रा शुरु गर्नेछ ।

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा भदौ ३१ गतेदेखि असोज १० सम्म हुने हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल र क्यानडासहित ओमान सहभागी हुँदैछन् ।

शृङ्खलामा नेपालको पहिलो खेल भदौ ३१ मा क्यानडासँग हुँदा दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ ।

त्यसैगरी तेस्रो खेलमा असोज ६ गते पुनः क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध दोस्रो खेल खेल्नेछ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुने कार्यक्रम छ ।

एकदिवसीय शृङ्खला सकिए लगत्तै तीन टोलीबिच क्यानडामानै त्रिकोणात्मक टी-२० शृङ्खला खेलाइने कार्यक्रक तय गरिएको छ । क्यानका अनुसार क्रिकेट क्यानडाको आयोजनामा हुने टी-२० शृङ्खला असोज १२ देखि १७ गते सम्म हुनेछ ।

टी-२० शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ ।

तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.