आइसिसी विश्वकप लिग-२: राष्ट्रिय टोलीको बिदाइ

काठमाडौँ- आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्नका लागि आज राति क्यानडा जाने राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरिएको छ ।

क्यानडामा हुने सो शृङ्खला भदौ ३१ देखि सुरू हुनेछ ।

असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० शृङ्खला सुरु हुनेछ। दुवै शृङ्खलामा नेपालले चार-चार खेल गरी कुल ८ वटा खेल खेल्नेछ ।

क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को शृङ्खला खेल्नेछ।

अक्टोबरमा हुने शृङ्खलामा अमेरिका, नेपाल र स्कटल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय टोलीका प्रशिक्षक मोन्दी देशाईले नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.