धादिङको बनमा नयाँ प्रजातिको लोखर्के भेटियो

 धादिङ-   धादिङको शिद्धलेक गाउँपालिका स्थिति नलाङ ठुलो बनमा नयाँ प्रजातिको लोखर्के फेला परेको छ ।

झट्ट देख्दा लोखर्के जस्तो देखिए पनि यो उडेर एक ठाउँबाट अर्को ठाउँमा जाने गर्दछ ।पखेटामा चार खुट्टा भएको अन्य जातिको तुलनामा ठुलो देखिने यो कुज जाति भने खुलेको छैन ।

हेर्दा लोखर्के जस्तै देखिने यो उड्ने क्षमताको हुन्छ । यो लाेपउन्मुख जाति हुन सक्ने अनुमान विज्ञहरूको छ । यसको बथान उस वर्ष पहिलो पटक देखिएको हो ।

पहिले पहिले यसलाई मारेर मासु समेत खाने गरेकोमा अब भने यसलाई संरक्षण गर्ने गरेको शिद्धलेक गाउँपालिका वडा नम्बर १का वडा अध्यक्ष पेमा वाङ्ज्याल लामा बताउनु हुन्छ ।गाउँमा यसलाई रुमाले चरा भन्ने गरेको अध्यक्ष लामाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.