पलेशालाई पोखरामा सम्मान

  पोखरा –   पेरिस पारालम्पिक २०२४ मा नेपाललाई पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ ।

पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले संयुक्तरुपमा सम्मान गर्नु भएको हो ।

पोखरा महानगरपालिकाले २ लाख २२ हजार २२२ र गण्डकी प्रदेश सरकारका तर्फ बाट १ लाख ५० हजार सहित सम्मान गरिएको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पलेशा गोवर्धनले प्राप्त गरेको सफलताले नेपालको खेल जगत उत्साहित भएको बताउनु भएको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले् नेपाली खेलकुदको क्षेत्रमा पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको बताउनुभयो ।

सो अवसरमा सहारा उत्कृष्ट बर्ष खेलकुद पत्रकारिता पुरस्कार २०८० नेपाल टेलीभिजनका कास्की संवाददाता परशुराम शर्मालाई प्रदान गरिएको छ । शर्मालाइ २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.